शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताउनु भयो । उहाँले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौति रहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताउनु भयो ।
उहाँले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रुपले परिसूचकहरु त्यति राम्रो छैन । चिन्ताजनक छन् । यस्तो बेलामा मैले सरकारको नेतृत्व गर्ने अवसर पाएको छु, जुन मेरो चुनौतिको विषय बनेको छ । सरकारको पहिलो बैठक बस्दा नै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको छु । आगामी दिनमा तपाईँहरुको सहकार्यबाट नै अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न ठूलो सहयोग मिल्नेछ ।’
प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।