चालीस रोपनीमा अनार खेती

 माघ १२, २०७९ बिहिबार २०:३७:३३ | रासस
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाइ आफ्नै १५ लाख रुपैयाँको लगानीमा अनार खेती सुरु गर्नुभएको हो ।

अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ आम्दानी हुने अनुमान कृषक आचार्यले गर्नुभएको छ । अघिल्लो वर्ष १० लाख रुपैयाँको अनार उत्पादन भएकामा यस वर्ष १५ लाख रुपैयाँको उत्पादन हुने आचार्यले बताउनुभयो ।

अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ । नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया