विमान दुर्घटनामा बेपत्ता एक जनाकाे खाेजी भइरहेकाे छ : सेना

 माघ १४, २०७९ शनिबार १२:२०:४ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - पोखराकाे सेती खोँचमा यती एअरको विमान दुर्घटनामा परि हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ ।

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते दुर्घटनास्थलमा खोजी तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै थाहा हुन सकेकाे छैन । उनकाे खाेजी भइरहेकाे सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

चालक दलका चारसहित ७२ जना यात्रु बोकेर काठमाण्डौदेखि पोखराका लागि उडेको यती एअरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोँचमा खसेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । 

विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया