अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन् : परराष्ट्रमन्त्री पौडेल

 माघ १४, २०७९ शनिबार १५:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – परराष्ट्रमन्त्री डा. विमला राई पाैडेलले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताउनुभएको छ । 

शुक्रवार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनु भयो । उहाँले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताउनु भयो ।

मन्त्री पाैडेलले नेपाल भौगोलिक विविधताका कारण विश्वमा उब्जनी नहुने उत्पादनहरु पनि उब्जाउन सक्ने क्षमताको भए पनि भौगोलिक विविधताको आवश्यक प्रयोग गर्न असफल भइरहेको बताउनु भयो । उहाँले मानव श्रोतको विविधतालाई पनि नेपालले सही सदुपयोग गर्न नसकिरहेको बताउनु भयो । 
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया