सुदूरपश्चिम र कर्णालीमा मेघ गर्जनसहित वर्षा, अन्य क्षेत्रको मौसम...
चैत ११, २०७९ शनिबार
जुम्ला - हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक खण्ड सञ्चालनमा आएकाे छ ।
जुम्ला सडक डिभिजन कार्यालयले सडक खण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ गरेर पन्छाएपछि अवरुद्ध सडक खण्ड सञ्चालनमा आएको हो ।
यही माघ १० गते रातिदेखि ११ गतेसम्म हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा गाडीकाे आवतजावत बन्द भएकाे थियाे ।
कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेकाे सुपरभाइजर जङ्गी विश्वकर्माले बताउनुभयो ।