नर्सलाई ८/१० हजार रुपैयाँमा काम लगाउनेलाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्री

 माघ १५, २०७९ आइतबार १४:३३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने बताउँदै उहाँले त्यस्ता स्वास्थ्य संस्थाहरूमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने चेतावनी दिनुभएकाे हाे ।

आज आइतवार काठमाण्डाैमा आयोजित नेपाल नर्सिङ सङ्घको ६१ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफूले मासिक ८/१० हजार रुपैयाँमा निजी क्षेत्रमा नर्सहरूले काम गर्नुपर्ने कहालीलाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल अनुगमन गर्ने घोषणासमेत गर्नुभयो । उहाँले नर्सहरूलाई 'अनलाइन पेमेन्ट' को व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हाे । म यहीँबाट भन्न चाहन्छु– न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूकाे मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’

मन्त्री गिरीले कोराेनाकालमा नर्सहरूले आफूलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएकाे योगदानको प्रशंशा गर्दै उनीहरूलाई आवश्यक तलब, भत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

3 Comments

  • Srijana Acharya

    Feb. 1, 2023, 4:14 p.m.

    Nurseko matra hoina aru paramedics ko pani kura aaunu paryo aru le dukha gareko chai dukha hoina

  •  0 Reply
  • जिता राना

    Jan. 29, 2023, 3:59 p.m.

    समाचार पढेर खुशी लाग्यो धन्यवाद छ स्वास्थ मन्त्री ज्यु यसरी स्वास्थ क्षेत्रमा मात्र होइन शिक्षा क्षेत्रमा पनि ecd शिक्षक बिधालय कर्मचारी माथी श्रम शोषण भैरहेको छ यसप्रती शिक्षा मन्त्री संबंधित निकायको ध्यान जाहोस

  •  0 Reply
  • bikram malla

    Jan. 29, 2023, 3:09 p.m.

    sahi time maa sahi nirnaye liyera nepal ka swasthe karmi bidesh palayen huna baat roknush mantri jiu !

  •  0 Reply

तपाईको प्रतिक्रिया