बरन्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीलाई काममा लगाइन्छ : मन्त्री माेदी

 माघ १५, २०७९ आइतबार १८:१९:६ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

माेरङ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले देशमा सुशासन कायम गर्न कर्मचारीले नागरिकका काम द्रुत गतिमा गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभा हलमा कार्यालय प्रमुखहरूलाई आज निर्देशन दिँदै मन्त्री माेदीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भन्दै कर्मचारीले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि आफ्नाे अवधिमा त्यस्तो सुन्न नपरोस् भन्नुभयो । मन्त्री मोदीले निर्देशन दिँदै नागरिकका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरन्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीलाई काममा लगाइने धारणा राख्नुभयो । मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारी हाजिर भइ काम गर्नुपर्ने निर्देशन दिनुभयाे ।

उहाँले कर्मचारीलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरि सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो । मन्त्री मोदीले पालिकाका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको भन्दै यस सन्दर्भमा अनुसन्धान एवम् अध्ययन भइरहेकोले सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लाकाे वस्तुस्थितिकाे बारेमा जानकारी दिँदै नागरिकलाई सहज ढङ्गले सेवा प्रवाह हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया