राष्ट्रिय स्वतन्त्र पार्टीले भन्याे– ‘गृह मन्त्रालयमा हाम्राे दाबी यथावत् छ’

 माघ १५, २०७९ आइतबार १८:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएकाे छ । आज आइतवार बसेकाे पार्टीकाे बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेकाे हाे । 

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले भन्नुभयो, ‘समस्या समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ । गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ ।’ उहाँले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताउनुभयो ।

यसैबीच रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन हुनुभएको छ । आज बसेकाे पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।

आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कानुनबमोजिम पुनः नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले यसअघिको नागरिकताका आधारमा बनाएको राहदानीसमेत राहदानी विभागमा बुझाउनुभएको हो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया