अमेरिकी उपमन्त्री नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै

 माघ १६, २०७९ सोमबार ७:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुुहुन्छ ।

हिजो वासिङ्टन डीसीबाट सिधै नेपाल आउनुभएकी उहाँले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लाग्नुभएको हो । उहाँले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नुहुनेछ ।

नुल्यान्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ । उहाँले ३३ वर्ष कुटनीतिक क्षेत्रमा काम गरिसक्नुभएको छ । उहाँ तीन वर्षदेखि अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपमन्त्री हुनुहुन्छ । उहाँले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र युरेपियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गर्नुभएको थियो ।

यस्तै, अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालमा प्रवक्ता र राष्ट्रपति जर्ज डब्ल्यू बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेशनको लागि अमेरिकी राजदूतको रुपमा पनि उहाँले काम गर्नुभएको थियो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया