अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

 माघ १६, २०७९ सोमबार ११:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

दुई दिने नेपाल भ्रमणमा आउनुभएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । उहाँहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नुहुनेछ । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया