गठबन्धन फेरिएपछिको असर : केन्द्र सरकारमा अलमल, प्रदेश सरकारमा...
चैत ११, २०७९ शनिबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले भेटवार्ता गर्नुभएको छ ।
आज साेमवार पार्टीकाे संसदीय दलकाे कार्यालयमा भएकाे छुट्टाछुट्टै भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
यसअघि अमेरिकी उपमन्त्री नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आजै बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेट गर्नुभएको थियो । उहाँहरूबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि हिजो आइतवार काठमाण्डाै आउनुभएको हो । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्डले आजै परराष्ट्र मन्त्री विमला पौड्यालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
काठमाण्डौमा रहेको अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वारको भ्रमण पनि गर्नुहुनेछ । नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुनुहुन्छ ।