नेताहरूकाे कार्य विभाजनमा कुरा नमिल्दा माओवादी स्थायी समिति बैठक सर्‍याे

 माघ १६, २०७९ सोमबार १६:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सरेकाे छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार बोलाइएको पदाधिकारी बैठकमा नेताहरूको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७ गतेका लागि सारिएको स्थायी समिति बैठक माघ १८ गतेका लागि बोलाउने निर्णय गरिएको हो ।

पार्टीको सङ्गठनसम्बन्धी गृहकार्य नसकिएकाले भोलि मङ्गलवार पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सि बुधावारका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बननेकाे थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो । पदाधिकारी बैठकले त्यस विषयमा टुङ्गो लगाउन नसक्ने भएपछि मङ्गलवार बोलाइएको स्थायी समिति बैठक बुधवारसम्मका लागि स्थगित गरेको हो ।

बैठकमा गृह मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको उपाध्यक्ष महराले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया