नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपमन्त्री नुल्यान्ड

 माघ १६, २०७९ सोमबार १६:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दुई दिने नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उप–विदेश मन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गरी उपमन्त्री नुल्यान्डले नेपालको आर्थिक विकासमा अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत सहयोग गरिरहेको पनि बताउनुभयो । उहाँले अमेरिकाले नेपालको स्वास्थ्य, शिक्षा, साइबर अपराधका क्षेत्रमा भइरहको अपराधलाई रोक्न नयाँ प्रविधिमा सहयोग गर्ने विषयमा आउँदा दिनमा झनै सशक्त बनाउँदै जाने प्रतिबद्धता जनाउनुभयो ।

नेपाललाई अमेरिकाले बहुपक्षीय सहयोग गरिरहेको भन्दै उपमन्त्री नुल्यान्डले आउँदा दिनमा पनि आपसी हितका विषयमा निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्रको विकास तथा सुशासनमा पुर्‍याउँदै आएको सहयोगलाई अझै सुदृढ बनाउँदै जाने बताउनुभयो । उप–विदेश मन्त्री न्युल्यान्डले नेपालको नयाँ सरकारले अमेरिका र नेपालबीचको सम्बन्धलाई झनै सुमधुर बनाएर लैजानेमा आशावादी रहेको बताउनुभयो । 

त्यस अवसरमा उप–विदेश मन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको समेत अवलोकन गर्नुभएको थियो । आज नै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । नयाँ सरकार बनेपछि अमेरिकी सरकारको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया