मन्त्रिपरिषद् बैठक : योजना आयोगमा ३ जना सदस्य नियुक्त

 माघ १६, २०७९ सोमबार १९:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त गरेको छ । सिंहदरबारमा आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाही महतलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 

यस्तै मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।   

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन आयोजनाका इन्जिनियर नितेश यादवलाई अधिकारी ताेकेकाे छ । 

त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयन्त्रको बैठकको सम्बन्धमा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया