गृह मन्त्रालय नपाए सरकार छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्केत

 माघ १७, २०७९ मंगलबार १४:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने अडान दोहोर्‍याएकाे छ । आज मङ्गलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय यसअघि नै आफ्नो पार्टीको भागमा परेकाले अब पनि आफूहरूले नै पाउनुपर्ने दाबी गर्नुभएको हो । उहाँले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले गृह मन्त्रालय नपाउने हो भने सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने चेतावनीसमेत दिनुभएको एक नेताले बताएका छन् ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद पनि खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि गृह मन्त्रालय आफैँ राख्ने माओवादीको तयारी छ । गृह मन्त्रालय नछाड्न प्रचण्डलाई पार्टीका नेताहरूले दबाब दिँदै आएका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार नै छाड्नेसम्मको चेतावनी दिएको हो ।

आज बिहानको भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय लिँदा स्वार्थ बाँझिने र बाहिर जवाफ दिन पनि अप्ठेरो हुने भन्दै अर्को मन्त्रालय लिन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raju

    Jan. 31, 2023, 6:13 p.m.

    जुन जोगी आएपनि कानै चिरिया । शक्ति नै चाहियो हैन !!

  •  0 Reply

तपाईको प्रतिक्रिया