कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ : विश्वप्रकाश शर्मा

 माघ १७, २०७९ मंगलबार १६:३५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने जिकिर गर्नुभएको छ । आज मङ्गलवार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उहाँको भनाइ छ । 

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्नेबारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौँ ।’ 

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उहाँको भनाइ थियो ।

रासस

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया