सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
माघ ७, २०८१ सोमबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीहरूको इसारामा नेपालको सरकार ढल्ने र बन्ने गरेको दाबी गर्नुभएको छ ।
बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासचिव विप्लवले विदेशीहरूको निर्देशनमा नेपालका अर्थतन्त्रहरू निर्माण हुने गरेको दाबी गर्नुभएको हो । उहाँले देशभित्रै केही गर्छु भन्ने मध्यम वर्गीय उद्योग व्यवसायीहरू आत्मदाह गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको र राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति बनेको बताउनुभयो । महासचिव चन्दले नेपाललाई नयाँ व्यवस्था वैज्ञानिक समाजवादभित्र लैजानका लागि रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । नेपालको अर्थतन्त्रको हिसाब गर्दा दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत नागरिक/किसान गरिबीको मारमा धकेलिएका छन् । लाखौँ लाख युवाको शक्ति विदेश लखेटिने वा पलायन हुने अवस्थातिर गइरहेको छ । यो आर्थिक सङ्कटमात्रै होइन राजनीतिक सङ्कटकाे कारण पनि हो । संसदीय चुनावहरू एकदमै फितला र कमजोर भए । नागरिकलाई रूपान्तरण, परिवर्तनको चाहना छ । यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने, नेपाललाई स्वाधीन बनाउने हो भने विदेशीहरूले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्र निर्माण गरिने अवस्थालाई हटाउनुपर्छ । तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठीवास भएको छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरू जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’
महासचिव चन्दले आफ्नो पार्टीले देशको जिम्मा लिने गरी अघि बढ्ने जिकिर पनि गर्नुभयाे । उहाँले नेपाली नागरिकले चाहेको सपनालाई साकार बनाउन आफ्नो पार्टी लागिरहेको बताउँदै पार्टी आउँदा दिनमा नागरिकमा जाने र नागरिककाे नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले नेपाल कम्युनिस्ट पार्टीलाई जनआधारित पार्टी बनउनुपर्ने भन्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी परिवर्तनको संवाहकका रूपमा पार्टीलाई उभ्याउने बताउनुभयो । उहाँले विचार मिल्ने र मुद्दा मिल्ने कम्युनिस्ट पार्टीहरूसँग सहकार्य हुने पनि स्पष्ट पार्नुभयो ।
महासचिव चन्दले नेकपा माओवादीले लडेर ल्याएको जनयुद्धको फल कांग्रेसले कुर्सीमा उपरखुट्टी लगाएर खाइरहेको आराेप लगाउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।