पत्रकारले दाैडिएर नेताकाे प्रतिक्रिया लिनुपर्ने अवस्थाकाे अन्त्य गर्नुपर्छ : सुवास नेम्वाङ

 माघ २५, २०७९ बुधबार १८:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद् भवनभित्रै 'पत्रकार भेटघाट कक्ष' स्थापना गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा उपाध्यक्ष नेम्वाङले यस्ताे प्रस्ताव राख्नुभएको हो । संसद् भवनको मूल गेटमा पत्रकारहरू बन्दुक तेर्स्याएर जसरी क्यामेरा तेर्स्याएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि नियम नै बनाएर त्याे कक्ष बनाउन उपयुक्त हुने उहाँकाे भनाइ थियाे । उहाँले त्याे कक्ष दलका नेता, सांसद र सङ्घीय संसद् सचिवालयका पदाधिकारीलाई पत्रकार भेटघाटका लागि पनि सहज हुने बताउनुभयाे ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘संसद् भवनकाे गेटभन्दा बाहिर क्यामेराको स्ट्यान्ड लगाएर बन्दुक तेर्स्याएर बसेको जस्तो लाग्ने । अलि कस्तो–कस्तो लाग्दो रहेछ त्यो । त्यस कारण प्रेस मिट रुमका लागि एउटा भव्य बनाऔँ न । त्याे रुमले अरूलाई पनि सजिलाे हुन्छ ।’

उपाध्यक्ष नेम्वाङ पत्रकारहरूले संसद् भवनकाे मूल गेटमा दौडिएर नेताहरूको प्रतिक्रिया लिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया