ईयूले नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नेपाललाई सहयोग गर्ने

 माघ २६, २०७९ बिहीबार ७:१४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) ले नेपाललाई प्रदान गर्ने सहयोगका विभिन्न क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाण्डौ आइपुग्नुभएका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले नेपालसँगको पुराना साझेदारीलाई निरन्तरता दिँदै नयाँ साझेदारीको कार्यान्वयनमा जोड दिनुभयो ।

नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पुँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको उहाँले भनाइ छ । उहाँले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डाक्टर विमला राई पौड्यालसँग भेट गर्नुभएको थियो ।

भेटका क्रममा परराष्ट्रमन्त्रीले युरोपेली सङ्घ नेपालको विकास सहायताको प्रमुख साझेदार भएको उल्लेख गर्दै ग्रामीण विकास, नवीकरणीय ऊर्जा, खानेपानी, वन र कृषिलगायतका क्षेत्रमा ईयूले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

ईयूले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । भ्रमणकमा क्रममा आयुक्त उर्पिलाइनेनले पाँच करोड युरो सहयोगको शुभारम्भ गर्नुभएको छ । यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया