टर्की–सिरिया भूकम्प : सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुग्यो

 माघ २६, २०७९ बिहीबार २०:३४:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको विद्रोही नियन्त्रित भूकम्प प्रभावित क्षेत्रमा पहिलो पटक राहत सामग्री पुगेको छ । गएको सोमवारको भूकम्पले तहसनहस बनाएको उत्तर–पश्चिमी क्षेत्रमा आज बिहीवार पहिलो पटक राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । टर्कीबाट छ वटा लरीमा खाद्यान्न र लत्ताकपडा बोकेका गाडी सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा पुगेका खबरमा उल्लेख छ । यस क्षेत्रमा १ हजार ९ सय जना मानिसको ज्यान गएको अनुमान छ ।

विद्रोहीको कब्जाका कारण यस क्षेत्रमा राहत र उद्धारकाे काम हुन सकेको थिएन । सिरियामा ४१ लाख मानिस भूकम्पअघि नै मानवीय सहायताको पर्खाइमा रहेकोमा भूकम्पपछि जनजीवन झनै कष्टकर बनेको छ । 

टर्की र सिरियामा सोमवार गएको भूकम्पमा अहिलेसम्म १९ हजार ३ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । भूकम्पका कारण भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा कम हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । 

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र ज्यान गुमाउनेकाे सङ्ख्या झन्डै १५ हजारभन्दा बढी पुगेको छ ।

अत्यधिक चिसोका कारण चौथो दिन पनि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया