मुख्य चाडपर्वमा नियमित उडान सञ्चालनबारे निगमले ६० दिने कार्ययोजना बनाउँदै

 असोज २, २०८१ बुधबार ९:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर जहाजको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको नियमित उडानको कार्ययोजना ल्याउन र अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कसैलाई पनि नजान/नपठाउन निर्देशन भएको छ । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया