‘वैकल्पिक राजनीति भनेकाे कसैलाई फ्याँक्ने हाेइन, सबैलाई एकसाथ अघि बढाउने हाे’

 माघ २७, २०७९ शुक्रबार १९:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई बलियाे बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ ।

शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अबको वैकल्पिक राजनीति कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई बलियाे बनाउने रहेको बताउनुभयो । उहाँले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष भट्टराईले अबको वैकल्पिक राजनीतिको एजेन्डा राज्यका प्रणालीहरूलाई बलियो बनाएर सुशासन कायम गर्नुरहेको बताउनु भयो । उहाँले तेस्रो चरणको वैकल्पिक राजनीतिको एजेन्डा लोकतन्त्रलाई जोगाएर, लोकतन्त्रका अपूर्णतालाई पूर्ण बनाइ त्यसको जगमा देशलाई छोटो समयमा नै समृद्धिको मध्यमस्तरसम्म लैजानुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अबको वैकल्पिक राजनीति भनेकाे सबैलाई फ्याँक्ने राजनीति होइन, संस्थालाई बलियाे बनाउने, सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्ने, त्यो भनेको समावेशी र सहभागितामूलक लोकतन्त्र हो । त्यसलाई सही ढङ्गले प्रयोग गर्ने राज्यका प्रणालीहरूलाई बलियो बनाएर यसको जगमा सुशासन ल्याउने हो ।’ 

अध्यक्ष भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया