नियमावली मस्यौदा समितिको म्याद ७ दिन थप

 माघ २७, २०७९ शुक्रबार १९:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको म्याद सात दिन थप गरिएको छ ।

समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले शुक्रवार दोस्रो पटक बसेको बैठकमा समितिको म्याद थप गर्नका लागि पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । बैठकमा ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभा नियमावलीको प्रारम्भिक मस्यौदा तयार भएको तर त्यसलाई पूरा गर्न सात दिन समय लाग्ने निर्णय समितिबाट भएकाले त्यही प्रस्ताव आफूले प्रतिनिधि सभा बैठकमा पेस गरेको बताउनुभयाे । 

गएकाे माघ १० गते २१ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्याैदा समिति गठन गरिएको थियो । समितिलाई काम सुरु भएको मितिले १५ दिनभित्र मस्यौदा प्रतिनिधि सभामा पेस गर्ने कार्यादेश दिइएको थियो । गएकाे माघ १३ गतेदेखि काम सुरु गरेको समितिकाे म्याद आजै सकिँदै थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया