सिन्धुलीमा ट्र्याक्टरमा मोटरसाइकल ठाेक्किँदा दुई जनाकाे ज्यान गयाे

 फागुन १, २०७९ सोमबार १०:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली - सिन्धुलीमा राेकिराखेकाे ट्र्याक्टरमा मोटरसाइकल ठाेक्किँदा दुई जनाको ज्यान गएकाे छ ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे। 

दुर्घटनामा मरिण गाउँपालिका-४ का ३३ वर्षका जितेन्द्र माझी र त्यही ठाउँका ३२ वर्षका मेषबहादुर माझीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा ज्यान गएकाे हाे। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया