शेयर बजार १३ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाली राष्ट्रिय भलिबल टिमकाे मुख्य प्रशिक्षकमा बेल्जियमका जान जोसे डी ब्रान्ट नियुक्त भएका छन् । उनलाई छ महिनाका लागि नियुक्त गरिएको नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
ब्रान्ट चैतको पहिलो हप्ता नेपाल आउनेछन् र अगस्टसम्म प्रशिक्षण दिनेछन् । ब्रान्टले आवश्यकताअनुसार महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने नेपाल भलिबल सङ्घले जनाएको छ ।
ब्रान्टलाई मुख्य प्रशिक्षक बनाउन अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआईभीभी) ले सहयोग गरेको छ । उनलाई तलब एफआईभीभीले दिनेछ, खान र बस्नलाई राखेपले सहयोग गर्नेछ भने यातायात लगायतको सुविधा भलिबल सङ्घले बेहोर्नेछ ।
डी ब्रान्टले यसअघि बेल्जियम र हङ्गेरीको राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।