बीबीसीको भारतमा रहेका दुई वटा कार्यालयमा आयकर विभागको खानतलासी

 फागुन २, २०७९ मंगलबार १७:३८:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

भारतको आयकर विभागले बीबीसीको भारतमा रहेका कार्यालयहरूमा खानतलासी गरेको छ । बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डकुमेन्ट्री प्रसारण गरेको केही हप्तापछि बीबीसीका नयाँ दिल्ली र मुम्बईमा रहेका कार्यालयहरूमा खानतलासी भएको बीबीसीले जनाएको छ ।

त्याे डकुमेन्ट्री बेलायतको टेलिभिजनमा मात्र प्रसारण गरिएको भए पनि भारत सरकारले अनलाइनमार्फत मानिसहरूले शेयर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो । त्याे डकुमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिम विरोधी हिंसामा गुजरातका तत्कालीन मुख्यमन्त्री एवम् अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो ।

भारतको सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठनको सङ्ज्ञा दिदै खानतलासीको काम कानुनसम्मत रहेको तर्क गर्नुभएको छ । विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मोदी सरकार आलोचनाबाट डराएको देखिएको प्रतिक्रिया दिनुभएको छ ।

बीबीसीले विज्ञप्ति निकालेर सरकारी अधिकारीहरूलाई पूर्ण सहयोग गरेको भन्दै यो अवस्थाको समाधान चाँडोभन्दा चाँडो निस्कियोस् भन्ने चाहेको बताएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया