जनता समाजवादी पार्टीको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा

 फागुन ९, २०७९ मंगलबार ७:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आउँदो चैत्र २७, २८ र २९ गते काठमाण्डौमा हुनेभएको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आइतवार र सोमवार गरी दुई दिन बसेको बैठकले पार्टीको विधान अधिवेशन चैत्र अन्तिम हप्ता काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत बज्राचार्य र न्हुच्छेलाल महर्जन रहनुभएको छ ।

मूल व्यवस्थापन समितिले आवश्यकता अनुसार उपसमिति बनाउन सक्नेछ । बैठकले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (बारा) र सुरेन्द्र कर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव गुल्जारी र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा, दलबहादुर लावती (पाँचथर), कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई सङ्घीय परिषद् सदस्यमा मनोनयन गरेको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया