कर्णाली प्रदेशको बैठकमा आज पनि अवरोध, कात्तिक ११ गतेसम्मका लागि स्थगित

 असोज २६, २०७५ शुक्रबार १९:५:४२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक कात्तिक ११ गतेसम्मका लागि स्थगित भएको छ ।  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक आज पनि बस्न सकेन । 

कार्य व्यवस्था परामर्श समितिको बैठकपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक कात्तिक ११ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको हो । संसद सचिवालयका निमित्त सचिव दिनेश भट्टले बैठक स्थगित भएको जानकारी दिनुभयो । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गएको मंगलबार संसद अवरुद्ध गरेपछि तीन पटक प्रदेशसभाको बैठक नबसेर नै स्थगित भएको  छ । नेपाली कांग्रेसका सांसदहरुले बजेटको रातो किताब उपलब्ध नगराएको, महत्वपूर्ण विधेयकहरु नल्याएको र सरकार काममा भन्दा पनि भाषणमा मात्र सीमित रहेको भन्दै संसद अवरुद्ध गरेका थिए ।

उनीहरुले यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म र रातो किताब उपलब्ध नगराउँदासम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएका छन् ।   
 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया