प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नुभयो : ओली

 फागुन १४, २०७९ आइतबार १६:५४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ ।

काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सहकार्य धेरै कठिन भएको बताउनुभएको प्रसङ्गमा ओलीले भन्नुभयो, ‘हो, साँच्चै उहाँलाई गाह्रो भएको थियो । किनभने उहाँ हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने । म जान नदिने, उहाँलाई गाह्रो भएको थियो ।’

ओलीले प्रधानमन्त्री प्रचण्ड हातमा चक्कु लिएर बस्ने तर फूल लिएर बसेको छु भन्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयाे, ‘उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । तर मलाई भन्नुभयो– फूल लिएर बसेको छु, तपाईँलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा । यो चक्कुजस्तो देख्नु भयो होला तपाईँले । भ्रम हो यो । यो चक्कु होइन, फूल हो भन्नुभयो । तपाईँले भनेपछि फूलै हो नि । किन होइन ? भन्दै बसेँ म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन अप्ठयारो मान्नुहुन्न ।’

अध्यक्ष ओलीले ठूलो कचौरामा द"ध–भात दिएपछि alरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री प्रचण्ड अन्यत्रै गएको बताउनुभयो । उहाँले प्रचण्डले आफ्नो पदलाई नै सर्वोपरि राख्ने गरेकाले जे पनि गर्ने जिकिर गर्नुभयो ।

तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया