नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोक्नुभएको छ । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औँ सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।
राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बुझिएको छ । पौड्याल एमालेबाट परराष्ट्रमन्त्री बन्नुभएको हो । राष्ट्रपतिको चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटे पनि एमाले सरकारबाट बाहिरिएको छैन । राप्रपाले भने शनिवार नै सरकार छाडिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।