नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - गएको पुस १० गते बनेको सत्ता गठबन्धन भङ्ग भएसँगै १६ वटा मन्त्रालय खाली भएका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएका हुन् । मन्त्रिपरिषदमा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मातहत १६ वटा मन्त्रालय रहेका छन् । अहिलेको सात सदस्यीय मन्त्रिपरिषदमा अब माओवादी र जनमत पार्टी मात्रै छन् । एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यसअघि राप्रपाले पनि समर्थनसमेत फिर्ता लिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । एमाले सरकारबाट बाहिरिएसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल थाल्नु भएको छ । हिजो एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् विस्तारका लागि नयाँ गठबन्धन बनाउन दलहरूबीच छलफलसमेत सुरु भएको छ । गठबन्धन दलहरुबीच सहमति भएमा राष्ट्रपति चुनावलाई असर नपर्ने गरी चुनाव अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । तर, पूर्णता भने राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछि मात्रै दिने तयारी भइरहेको छ।
कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सकारात्मक देखिएका छन् । तर, भागबण्डाका विषयमा छलफल र सहमति हुन बाँकी छ।
प्रधानमन्त्री प्रचण्डले अब ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव गर्नु पर्नेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।