दाङमा अटाे रिक्सा पल्टिँदा एक जनाकाे ज्यान गयाे

 फागुन १६, २०७९ मंगलबार १९:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङको तुलसीपुरमा अटो रिक्सा पल्टिँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका–३ काे दमारगाउँका ३६ वर्षीय केदार भण्डारी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा घाइते भण्डारीको बाँकेको कोहलपुरमा उपचारका क्रममा दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्का घाइते तुलसीपुरकाे बेलुवाका २५ वर्षीय सन्तोष वलीको तुलसीपुरमै उपचार भइरहेको छ । तुलसीपुर ३ दमारगाउँबाट दोघरे जाँदै गरेको रा १ ह ४०९९ नम्बरको अटो रिक्सा आज बिहान दमारगाउँ नजिकै अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया