राष्ट्रपतिका उम्मेदवारद्धय पौडेल र नेम्वाङ मत माग्न व्यस्त : आठ दलको प्रचार अभियान आजदेखि

 फागुन १८, २०७९ बिहिबार ७:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति पदका लागि उम्मेदवारद्धय नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ आफ्नो पक्षमा मत माग्न व्यस्त हुनुभएको छ ।

पौडेल र नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पार्नुभएको हो ।

यही फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि पौडेल र नेम्वाङले गएको १३ गते मनोनयन दर्ता गर्नुभएको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका नेता पौडेललाई समर्थन गरेका छन् । आठ राजनीतिक दलको प्रचारप्रसार अभियान आजदेखि सुरु हुँदैछ ।

कांग्रेसका मुख्यसचिव एवम् राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले कांग्रेसको संयोजन र व्यवस्थापनमा काठमाण्डौमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपतिको चुनाव केन्द्रित अभिमुखीकरण राखिएको बताउनुभयो ।

साथै फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाण्डौमा उपस्थित हुन आठ वटै राजनीतिक दलले निर्देशन दिएका छन् । त्यसैगरी भोलि प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया