नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै - अनलाइनमा लगानी गरे दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ६ घर भइ अहिले काठमाण्डौको नरेफाँट बस्ने २४ वर्षका राज रोकायालाई प्रहरीले पक्राउ गरेको छ।
रोकायाले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरेबापत दोब्बर हुन्छ भनेर ईसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेको प्रहरीले जनाएको छ।
रकम पठाउनेहरुलाई रकमको नाफा पाउनका लागि फारम लगायत फाइदा आएको रकमबापत लाग्ने चार्ज, अकाउन्ट अपडेट, सरकारी कर लगायतका प्रयोजनमा रकम तिर्नुपर्छ भन्ने जस्ता बहाना बनाएर थप रकम लिएर ठग्ने गरेको पाइएको प्रहरीको भनाइ छ।
रोकायाले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।