आज टुँडिखेलमा 'गुरुमापा राक्षस'लाई भात खुवाउने जात्रा मनाइँदै

 फागुन २२, २०७९ सोमबार ११:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ किलाघलका स्थानीयबासिन्दाले आज बेलुकी गुरुमापा राक्षसलाई भात खुवाउने जात्रा मनाउँदैछन् । हरेक वर्ष फागु पूर्णिमाको रातमा काठमाण्डौको टुँडिखेलमा गुरुमापालाई भात खुवाउने    जात्रा मनाउने परम्परा छ ।

आज बेलुकी ११ बजेतिर किलाघल टोलबाट भातसहित चौरासी व्यञ्जनकाे परिकार तयार गरेर ५, ६ सय स्थानीय बासिन्दाको लावालस्करसहित टुँडिखेलमा गुरुमापालाई भात दिन जाने कार्यक्रम भएको किलाघल टोलका मचाराजा महर्जनले बताउनुभयो ।

किलाघल टोलका स्थानीय बासिन्दाले एक मुरी चामलको भात र एउटा राङ्गोको मासु गुरुमापालाई खुवाउने परम्परा छ । पहिले गुरुमापा नामको राक्षसले काठमाण्डौ उपत्यकावासीलाई दु:ख दिएको र पछि इटुम्बहालका तान्त्रिकले तारण राखेर उनलाई वशमा लिएर वर्षको एकचोटी मानिसको मासुको सट्टा राँगाेको मासु र भात दिने सर्तमा टुँडिखेलमा राखेको जनविश्वास छ । त्यसैको निरन्तरतामा अहिलेसम्म पनि किलाघलका बासिन्दाहरुले हरेक वर्ष गुरुमापालाई मासु र भात दिने गर्दछ । 

तस्बिर : सुदर्शन कार्की

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया