सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले हराएकाे छ । लिग–२ मा नेपालले यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।
नेपालले दिएकाे २ सय ३० रनकाे लक्ष्य पछ्याएकाे यूएई ४५ ओभरमा १ सय ८७ रनमा अलआउट हुँदै रनमात्र बनाउन सक्याे । यूएईका लागि आसिफ खानले ८२ र आर्यन लाक्राले ५० रन बनाए । बलिङतर्फ नेपालका लागि साेमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले १/१ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनायाे । ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा राेहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।
यस शृङ्खलामा नेपालले ४ खेल खेल्दा ३ मा जित निकाल्याे । नेपालले पीएनजीलाई २ वटै खेलमा हराउँदा यूएईसँग १ मा जित र १ मा हार बेहाेर्याे । याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ ।
याे जितसँगै नेपाल लिग–२ काे अङ्क तालिकामा पाँचाैँ स्थानमा उक्लिएकाे छ । ३२ खेल खेलेकाे नेपालकाे ३२ अङ्क छ । उति नै खेल खेलेकाे यूएई ३१ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहिता तालिकाकाे पुछारमा छ ।
लिग–२ को शीर्ष ३ मा रहने टिमले जिम्बाब्वेमा हुने १० टिम सम्मिलित विश्व कप क्वालिफायर खेल्न पाउनेछन् । स्कटल्यान्ड र ओमानले शीर्ष दुईमा रहेर विश्व कप छनोटमा स्थान पक्का गरिसकेका छन् । तेस्रो हुनका लागि नेपाल, यूएई र नामिबिया प्रतिस्पर्धामा छन् ।
३६ खेल खेलिसकेको नामिबिया ३९ अङ्कसहित तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका ४ वटै खेल जित्नुपर्नेछ । अब नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुने सम्भावना कायम रहन्छ । यदि हारेमा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउने अवसर बाँकी रहन्छ । नेपालले बाँकी रहेका ४ मध्ये २ खेल जिते शीर्ष ५ मा स्थान पक्का गर्नेछ ।
लिग–२ मा अब बाँकी ४ खेल नेपालकाे घरेलु मैदानमै हुनेछ ।यूएईका लागि पनि नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालसँगकाे खेल जित्नैपर्ने अवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Krishna Khatri
March 6, 2023, 7:57 p.m.nepal sandep is best player