फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले लगातार दोस्रो जित निकालेको छ ।
आज मङ्गलवार एन्फा मैदान सातदोबाटो ललितपुरमा भएको खेलमा अर्को नवप्रवेशी क्लब एफसी खुमलटारलाई तीन–एक गोलले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजका आशिष चापागाईँले दुई र एरिक विष्टले एक गोल गरे । खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए ।
याे जितसँगै दुई खेलमा छ अङ्क जोडेको चर्च ब्वाइज अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले पहिलो खेलमा पुलिस क्लबलाई हराएको थियो ।
आजै च्यासल मैदानमा भएको अर्को खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । थ्री स्टारका लागि अजयी मार्टिन्स, याेगेश गुरुङ र प्रदीप लम्सालले गाेल गरे । फ्रेन्ड्सका लागि कुशल फुयाँलले २ र उक्तामाेभले १ गाेल गरे ।
'ए' डिभिजन लिगमा आजदेखि दोस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको 'ए' डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।