पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन् ।
ज्याला नपाउँदा दैनिकी नै कष्टकर बनेको उनीहरुको गुनासो छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि पल्टी गरेबापतको ज्याला नपाउँदा ६ सय ४२ मजदुर समस्यामा परेका छन् । दैनिक मजदुरी गरी खानेलाई विभिन्न ट्रान्सपोर्ट कम्पनीले सामान पल्टी गरेबापतको ज्याला नदिँदा दैनिक गुजारा गर्नै मुस्किल भएको मजदुर डोमा शेर्पा बताउनुहुन्छ ।
दिनभर खटेर सामान ओसारपसार गर्ने तर बेलुका रित्तो हात घर फर्किन बाध्य भएको मजदुर मीनबहादुर श्रेष्ठ गुनासो गर्नुहुन्छ । अहिले तातोपानी नाकाबाट सामान आयात मात्रै हुन्छ । चीनबाट सीमित मात्रामा कन्टेनर भन्सारमा आउने हुँदा त्यसै पनि मजदुरहरूले भने जसरी काम गर्न पाएका छैनन् ।
दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको घर खर्च जुटाउने मजदुरहरूको ज्याला दिन ट्रान्सपोर्ट कम्पनीले ढिलाइ गर्दा मजदुरहरूको दैनिक जीवन कष्टकर बनेको पासाङ शेर्पा बताउनुहुन्छ । दैनिक भन्सारमा आएर काम गर्ने तर रित्तो हात फर्किनुपर्ने बाध्यताको अन्त्य गर्न नेपाल भन्सार श्रमिक सङ्घका अध्यक्ष रवीन्द्र पौड्यालको माग छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।