यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा

 असोज २८, २०७५ आइतबार १३:३३:४९ | एजेन्सी
unn.prixa.net

कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।

भारतीय अनलाइन न्यूज १८ का अनुसार विदेश राज्यमन्त्री एमजे अकबरले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय माग पनि गरेका छन् । सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत कैयौँ महिला पत्रकारले मन्त्री तथा पूर्व पत्रकार एमजे अकबरमाथि यौन हिंसाको आरोप लगाएका थिए ।

यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया दिएका छैन । गएको हप्ता आरोप लागेको केही घण्टामा नै उनी विदेश भ्रमणका लागि नाइजेरिया गएका थिए । आइतबार बिहान स्वदेश फर्किएका राज्यमन्त्री एमजे अकबरले छिट्टै नै यसबारेमा आफ्नो प्रतिक्रिया दिने बताएका छन् ।

मन्त्रीमाथि नै यौन उत्पीडनको आरोप लागेपछि बीजेपी नेतृत्व सरकारको कडा आलोचना हुँदै आएको छ ।

को हुन् अकबर ?

  • वरिष्ठ पत्रकार एमजे अकबर सन् २०१४ मा भएको लोकसभा चुनावभन्दा केही समय पहिले भारतीय जनता पार्टी(बीजेपी) मा प्रवेश गरेका थिए । 
  • सन् २०१५ मा उनी झारखण्डबाट राज्यसभा सदस्यका रुपमा चुनिएका थिए । 
  • कुनै समय राजीव गान्धीको खास मान्छे रहेका एमजे अकबर १९८९ मा बिहारको किशनगञ्जब क्षेत्रबाट कांग्रेसको टिकटमा लोकसभा सदस्य चुनिएका थिए । 
  • राजीव गान्धीको प्रधानमन्त्री कालमा एमजे अकबर उनका प्रवक्ता थिए । 
  • सन् १९९१ मा उनी फेरि चुनावी मैदानमा उत्रिए, तर हार व्यहोरे । 
  • चुनावमा हार व्यहोरेपछि एमजे अकबर पुनः पत्रकारितामा फर्किएका थिए । 

भारतका विदेश राज्यमन्त्री एमजे अकबर पनि #Me Too को आरोपले घेरिए

 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया