एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा शुरु
मंसिर १४, २०८० बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ ।
बिहीवार राष्ट्रपतिकाे चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले पालिका, प्रदेश र सङ्घसँगै राष्ट्रपतिको चुनाव पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढङ्गले सकिएको बताउनुभयो । उहाँले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पालिका चुनावदेखि प्रदेश र सङ्घको चुनावसँगै राष्ट्रपतिको चुनाव सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको चुनाव एउटा बाँकी छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको चुनावपछि सरकार विस्तार हुन्छ ।’
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ ।