उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

 फागुन २६, २०७९ शुक्रबार ७:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम नामावली प्रकाशन गर्ने र आउँदो चैत ३ गते मतदान गर्ने कार्यतालिका छ । चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । संविधानमा उपराष्ट्रपतिको कार्यकाल पनि राष्ट्रपतिको सरह हुने व्यवस्था छ । यसअनुसार उपराष्ट्रपति नन्दबहादुर पुनको पाँच वर्षको कार्यकाल आउँदो चैत ३ मा सकिँदैछ । उहाँ ०७४ चैत ४ मा उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

सत्तारुढ गठबन्धनका दलबीचमा उपराष्ट्रपति जसपाले पाउने सहमति छ । सहमति अनुसार जसपाले उपराष्ट्रपतिमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उठाएको नेकपा एमालेले उपराष्ट्रपति पदमा उठाउने या नउठाउने निर्णय गरिसकेको छैन ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया