चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिकाे लागि उम्मेदवारी दर्ता गर्नुभएकाे छ । यसअघि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरिसक्नुभएकाे छ ।
प्रमिला यादवको प्रस्तावकमा रञ्जू झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहनुभएको छ ।
यस्तै, रामसहायप्रसाद यादवकाे प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ । यस्तै समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।
संविधानको धारा ३८ काे उपधारा ४ मा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ । त्यसैले जसपाबाट रामसहायप्रसाद यादवसँगै प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।