नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएकी प्रमिला यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार(भोलि) थाहा हुने बताउनुभएको छ ।
शनिवार उपराष्ट्रपतिकाे लागि जसपाबाट रामसहराय यादव र प्रमिला यादव गरी दुई जनाकाे उम्मेदवारी दर्ता भएकाे छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार प्रमिला यादवले जसपाकाे तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने भोलि थाहा हुने बताउनु भयो ।
उहाँले आफूले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको बताउनुभयो । आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परे पनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘मेरो उम्मेदवारी जित्नको लागि हो । प्रतिस्पर्धा गर्नुपर्यो । आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनावसम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुईजनाको उम्मेदवारी पर्यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।