कृष्णप्रसाद भट्टराई र पुष्पलाल श्रेष्ठकाे सालिकमुनि नवनिर्वाचित राष्ट्रपति पाैडेल

 फागुन २७, २०७९ शनिबार १६:५८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुभएकाे छ ।

आज दिउँसाे ललितपुरको वाँडेगाउँमा रहेकाे भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्नुभयो । पौडेलले आश्रमकाे अवलाेकन पनि गर्नुभयाे । राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका अमिता कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

यस्तै आजै उहाँ कीर्तिपुर नगरपालिका–४ चम्पादेवीमा रहेकाे पुष्पलाल स्मृति उद्यान पनि पुग्नुभयाे । त्यहाँ उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गर्नुभयाे । राष्ट्रपति पौडेललाई पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काठमाण्डौ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीलगायतले स्वागत गर्नुभएको थियो । 

माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको थियो । पुस्तिकामा उहाँले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै  यसको विकास तथा प्रगतिको कामना गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया