उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे जाँचबुझ हुँदै : अन्तिम नामावली आज प्रकाशन हुने

 फागुन २८, २०७९ आइतबार ७:१२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति उम्मेदवारको लैङ्गिक विवादबारे आज जाँचबुझ हुँदैछ ।

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेपछि लैङ्गिक विवादको निरुपण गर्ने जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा आएको छ ।

उपराष्ट्रपतिमा चार जनाको मनोनयन पत्र दर्ता भएको छ । यादव पुरुष उम्मेदवार हुनुहुन्छ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवले हिजो उम्मेदवारी दर्ता गर्नुभएको थियो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ भने एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्नुभएको छ ।

उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध जनमत पार्टी र एमालेले उजुरी दिएको छ । खसआर्य पुरुष राष्ट्रपतिमा निर्वाचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने उजुरीमा उल्लेख छ । सहायक निर्वाचन अधिकृत अमृता शर्माले यादवको मनोनयन खारेज गर्न माग गर्दै उजुरी आएको बताउनुभयो ।

उपराष्ट्रपतिको चुनावी कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । उपराष्ट्रपति पदका लागि आउँदो चैत ३ गते मतदान हुँदैछ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया