नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि उहाँ चुनिनु भयो ।
भण्डारी राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला समेत हुनुहुन्छ । लगातार दुई पटक राष्ट्रपतिमा चुनिनु भएकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उहाँको आलोचना भएको थियो ।
राष्ट्रपति भण्डारीले भोलि शीतलनिवास छोड्ने तयारी गर्नु भएको छ । भोलि दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी भएको उहाँको निजी सचिवालयले जनाएको छ । भण्डारीको कार्यकाल सकिएपछि भोलि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शपथ लिँदै हुनुहुन्छ।
गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित हुनुभएको हो । नौ दलीय गठबन्धनको सहयोगमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।