सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
काठमाण्डौ – ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।
उत्कृष्ट फिल्मसँगै उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिन प्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड जितेको छ ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट मिशेल योले जितेकी छिन् ।
ओस्कारमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने मलेसियाकी मिशेल पहिलो एशियाली अभिनेत्री पनि बनेकी छिन् ।
उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट के ह्ये क्वान र जेमी ली कर्टिसले जितेका हुन् ।
यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाए । यस्तै, हलिउड अभिनेता बे्रन्डन फ्रेजरले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
‘द व्हेल’ फिल्ममा उनको अभिनयलाई लिएर अवार्ड दिइएको विविसीले जनाएको छ । यस्तै, एडवर्ड बर्गरले निर्देशन गरेका ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड पाएको छ ।
यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ ।
एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ’नाटु नाटु’ ले ओरिजिनल सङको उपाधि जितेको छ ।