नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गर्नुभएको छ ।
सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताउनुभएको हो । उहाँले संसदमा कोरम पुर्याउने कुरामा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको बताउनुभयो । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्याङ्कन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । हामीले देखेका छाैँ, संसदभित्र कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै संशोधन महिलाहरूले नै हाल्छन्, संसदमा कोरम पुर्याउन सबैभन्दा ठूलो सङ्ख्या महिलाको नै हुन्छ । तर पनि बाहिर आउँदा महिलाहरूकाे मूल्याङ्कन हुँदैन, चर्चासम्म पनि हुँदैन । संसद्को बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ भन्ने कुरा चर्चाको विषय बन्नुपर्छ ।’
मन्त्री शर्माले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट भने नभएको बताउनुभयो । उहाँले पुरुष असफल हुनु भनेको एउटा व्यक्तिमात्रै असफल हुनु रहेको तर महिलाहरू असफल हुँदा समाज नै असफल हुने टिप्पणी गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।