राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई, नेपालसँगको सम्बन्धलाई निकै महत्त्व दिएको भनाई

 फागुन ३०, २०७९ मंगलबार १७:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिनुभएको छ । एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा रामचन्द्र पौडेललाई बधाई दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्नुभएको छ । उहाँले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकासमा सहकार्य गरेको उल्लेख गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुएको छ । विकास र समृद्धिका लागि मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्धन गर्नका लागि तयार रहेको पनि चिनियाँ राष्ट्रपति सीले उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया