मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने सरकारको निर्णय

 चैत १, २०७९ बुधबार १६:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ ।

हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो । नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब अति आवश्यकबाहेक वैदेशिक भ्रमण नगर्ने उहाँले बताउनुभयो ।

यस्तै बैठकले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने, पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने, नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने लगायतका निर्णय पनि गरेको शर्माले बताउनुभयो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय–

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया